मसँग एउटा सपना छ

मसँग एउटा सपना छ

सत्ता र शक्तिको आडमा शासन चलाउँदै मात्तिएका बडेमानहरुका विरुद्ध क्रान्तिको शङ्खघोष गर्ने मसँग एउटा सपना छ कमरेड ! सत्ताको उन्मादमा भ्रष्टाचारी, तस्कर, अर्बौंको करछली, बलात्कारी र अपहरणकारीलाई जोगाउन अड्डा, अदालतको दुरुपयोग गर्ने बडेमानका विरुद्ध जनताको अदालतमा मुद्दा दर्ता गर्ने मसँग…

Read More
देश हाम्रो आँखाको नानी हो

देश हाम्रो आँखाको नानी हो

देश हाम्रो आँखाको नानी हो श्रमिक वर्ग सम्पूर्ण जिन्दगानी हो राष्ट्रियता मुटुको धड्कन हो एकीकृत जनक्रान्ति हाम्रो श्वास–प्रश्वास हो अब पनि झम्टिई–झम्टिई नआ ए गिद्द कास्मिर वा सिक्किम होइन मेरो देश सिरया र इरान पनि होइन मेरो देश यो त…

Read More
जिउदो सपनी

जिउदो सपनी

झकझक्याउँछ हरदम सपनाले तैँले बाटो बिराइस् भनेर कुहिरोले डम्म भरिएको बाटो काँडा, खोल्सा, खोल्सी, पहिरो भीर, आखापाखा, गौँडा, गल्छेडा शान्तिको परेवा छोप्ने सपना मेरो भ्रष्टाचार, शोषणविहीन स्वतन्त्र, सार्वभौम देश मेरो धोको ! तर मेरो सपनामा बज्रपात नेपालमा सहिदका रक्तबीज छ…

Read More
झूट्टा मुद्दा

झूट्टा मुद्दा

कन्चटमा थोत्रा बन्दुकहरू तेस्र्याउँदै गिरफ्तार गरी हाम्रा हातमा हत्कडी भिराएर तिम्रा कालकठोरीमा थुन्दै लगाउन त लगाउँछौ झूट्टा मुद्दाहरू । समानताको गीत गाउने हाम्रा ओठहरू वैज्ञानिक समाजवाद ल्याउने हाम्रा सुन्दर सपनाहरू सर्वहारा वर्गको मुक्तिका लागि ऋघि बढिरहने हाम्रा रक्तिम पाइलाहरूमा प्रतिबन्ध…

Read More
फेरि ‘जनादेश’ निकाल्नुपर्छ

फेरि ‘जनादेश’ निकाल्नुपर्छ

खाली नै छन् पत्रिकाका पानाहरू मात्रै शब्दका बिस्कुनजस्ता लाग्छन् ती अक्षरहरू महसुस गरेर उसको माया उसको समर्पण आफ्नो पृयतमप्रतिको उसको प्रेम कता हो कता यो आकाश, यो पाताल, यो धरतीले पनि उनलाई नै खोजिरहेको महसुस हुन्छ अनि अनि बहुलाउँछ यो…

Read More
माईखोलाको किनार

माईखोलाको किनार

बुधबारे बजारमा लिलाम बढाबढ भइरहेको छ रोहित कोइरालाको कविता ‘हजार माइलको लामो बाटो’ लिलाम बढाबढमा देखेर ऐँठन भएका छन् चतुर्मानहरू र डी. कौडिन्यका कविता मौनधारण गरिरहेका छन् । सिनो रुँघेर उग्राइरहेको छ भारदारी सभा सुखानीतिर शोकधुन बजिरहेको छ तिमिरग्रस्त बानेश्वर…

Read More
वर्गयोद्धाको तरबार

वर्गयोद्धाको तरबार

तिमी बसेर दरबारमा लगायौ आगो सुकुमबासीका घरबारमा याद गर तानाशाह हो रगत अझै आलै छ वर्गयोद्धाको तरबारमा । हिजो पनि लडेकै हो अन्यायविरुद्ध डढेकै हो मै हुँ भन्ने राजाहरू पनि माटोमुनि नै सडेकै हो । अझै हाम्रो मुक्तिको यात्रा रोकिएको…

Read More
उसले सबैलाई बेबकुफ बनायो

उसले सबैलाई बेबकुफ बनायो

उहिले–उहिले उसले महाकालीमा पिण्ड लडायो दक्षिणका देउतालाई भेटी चढायो सोझालाई अर्बौं आउने पाठ पढायो आफू मूर्धन्य नेता कहलायो अनि सबैलाई बेबकुफ बनायो । पहिले–पहिले उसले आफ्नो फुस्रो अनुहारमा लाल–लाल रङ लगायो लालतारा अङ्कित टोपी लगायो अस्त्र–वस्त्र पनि लाल नै लगायो…

Read More
नाजी अझै मरेको छैन

नाजी अझै मरेको छैन

कसले पढायो तिमीलाई मुसोलिनी शूलीमा चढेको इतिहास ए, सोतीगाउँको यहुदी ! गेस्टापोका बाहिनीहरू परेड खेलिरहेको साँझ तिमी यहुदी/कम्युनिस्ट/क्याथोलिक बिस्र्यौ आफ्नो नश्ल ? किन हेरेको नवराज ! चौरजहारीको जर्मन बस्तीतिर ? तिमीलाई थाहा छैन– नाजी अझै मरेको छैन । नाजी म्युनिखमा…

Read More
निद्रा हराएका रातहरू

निद्रा हराएका रातहरू

निद्रा हराएका यी रातहरूमा जब झ्यालको सानो चेपबाट बाहिर हेर्छु क्षितिजभन्दा परको गहिरो कालो आकाशमा जूनताराहरूको बस्ती नियाल्छु आकाशको एउटा जून र अनगिन्ती ताराहरू सृष्टिका सबैभन्दा सुन्दर छन् तर धेरै टाढा छन् । तिनै जूनतारा हेरीहेरी म सम्झन्छु चरीले छोडेर…

Read More