कञ्चनमा एकता अधिवेशन सम्पन्न, संयोजकमा पौडेल

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) कञ्चनको एकता अधिवेशन सम्पन्न भएको छ । रकेटको अध्यक्षतामा शनिबार सम्पन्न अधिवेशनले केजी कुमार पौडेलको संयोजकत्वमा १९ सदस्यीय गाउँ सङ्गठन समिति गठन गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज तिलकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रमेश, जिल्ला संयोजक दिपक पौडेलल र हरैया बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चुडामणि शर्माले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए । गुलाफको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य हाँकले दिएका थिए । 

कार्यक्रममा २०८१ जेठ २८ गते निधन भएका पार्टीका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाको स्मरणमा १ मिनेट मौन धारणसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :