सैनामैना नगरको एकता अधिवेशन सम्पन्न

सैनामैना नगरको एकता अधिवेशन सम्पन्न

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सैनामैना नगरको एकता अधिवेशन सम्पन्न भएको छ । 

शुक्रबार भविलालको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य प्रेम सुवेदीले क्रान्तिकारी शक्तिहरूको एकताले जनतामा उत्साह ल्याउन वर्ग सङ्घर्षमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तिलक, केन्द्रीय सदस्य रमेश, गुलाफ, रेखा र जिल्ला संयोजक दिपक पौडेलले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए । 

रोसनको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सौरभले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :