क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच रामग्राममा एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच रामग्राममा एकता सम्पन्न

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) रामग्राम नगर समितिबीच रामग्राम- १४ मा बुधबार एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढ्नुपर्ने औल्याए । त्यसैगरी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसङ्घर्ष र वर्गसङ्घर्षलाई उठान गर्ने उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन भइरहेको जानकारी गराए । 

कार्यक्रम नगर संयोजक अरुणको अध्यक्षता नगर इन्चार्ज जय फुल्लाह हसनको स्वागतमा भएको थियो । कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक भिम छ्न्याल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक सन्देश सापकोटालगायतले मन्तव्य राखेका थिए । 

एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले अरुणको संयोजकत्वमा ११ सदस्यीय नगर सङ्गठन समिति निर्वाचित गरेको छ । जिल्लाका सात पालिका मध्ये ५ वटामा पार्टी एकता भएको र बाँकी २ वटा पालिकामा यथाशिघ्र एकताको कार्यक्रम हुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :