म्याग्दीको एकता अधिवेशन सम्पन्न, संयोजकमा सागर अर्याल

म्याग्दीको एकता अधिवेशन सम्पन्न, संयोजकमा सागर अर्याल

म्याग्दी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) म्याग्दीबीच एकता अधिवेशन तथा बैठक सम्पन्न भएको छ। शनिबार म्याग्दीको बेनी बजारमा सम्पन्न एकता अधिवेशनले सागर अर्याल संयोजक र यामबहादुर कार्की सहसंयोजक रहनेगरी ९ सदस्यीय जिल्ला सङ्गठन समिति चयन गरेको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश सङ्गठन समितिका संयोजक चिन्तामणि पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला संयोजक सागर अर्यालले अध्यक्षता तथा सञ्चालन गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य युवा जनस्वयमसेवक ४ नम्बर प्रदेश इन्चार्ज अनन्त केसीले मन्तव्य तथा प्रशिक्षण दिएका थिए भने म्याग्दी जिल्ला सहसंयोजक यामबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ४ नम्बर प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) म्याग्दीको एकता अधिवेशन तथा बैठकहरू तीब्र रूपमा अगाडि बढिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :