क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुरको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी भक्तपुरको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न

भक्तपुर :  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच २०८१ बैशाख १९ गते पार्टी एकता भएपछि यही २०८१ असार १ गते पार्टी केन्द्रीय कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश संयोजक अटलको प्रमुख आतिथ्यमा भक्तपुर जिल्लाको दुई पार्टीबीच एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । साथै सम्पन्न उक्त अधिवेशनले बिश्वासको संयोजकत्वमा ३६ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि अटलले देशको बस्तुस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनैतिक परिस्थिति पार्टीको राजनीतिक सामरिक कार्यदिशा आगामी कार्यक्रम र योजनाको बारेमा राजनैतिक बैचारिक प्रशिक्षण तथा दिशानिर्देश गए । त्यसैगरी, कार्यक्रममा स्वागत मन्तव्य राख्दै अर्का सहसंयोजक किरणले एकताले क्रान्तिकारीहरूमा नयाँ उर्जा पैदा गरेको बताए । यस्तै जिल्ला इन्चार्ज सरूले शुभकामना मन्तव्य राख्दै साम्राज्यवादी शक्तिहरू कमजोर हुँदै गएको बेला सच्चा क्रान्तिकारी कम्युनिस्टहरू एक भएर क्रान्ति सम्पन्न गर्नुपर्ने बताए ।  

जिल्ला संयोजक बिश्वासको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सहसंयोजक बिवेकले गरेका थिए । अन्तमा बैठकका अध्यक्ष बिश्वासले सांगठनिक कार्यक्रमको बारेमा प्रष्ट पार्दै बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै बैठक समापन गरे ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :