क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच बागलुङको एकता अधिबेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच बागलुङको एकता अधिबेशन सम्पन्न

बागलुङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच बागलुङ जिल्लाको एकता अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिबेशनले रेशम गिरीको संयोजकमा र सहसंयोजकद्वय पुर्ण गुरुङ र मनबहादुर श्रीस रहेको ५१ सदस्यीय बागलुङ जिल्ला सङ्गठन समिति घोषणा गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज हरिभक्त कँडेलले पार्टीको झन्डा उठाएर एकता अधिबेशनको उत्घाटन गरेका थिए । उत्घाटन मन्तव्य राख्दै पार्टी एकताको सिलसिलेवार परिघट्ना र ऐतिहासिक आवश्यकताको बारेमा प्रकाश पारेका थिए । आज क्रान्तिकारी शक्तिहरू छिन्नभिन्न भएको अवस्थामा भएको यो एकताले क्रान्तिकारीहरूलाई उत्साह पैदा गरेको र प्रतिक्रियावादी र संसद्‌वादी शक्तिहरूको निद हराम भएको उनले बताए । प्रमुख अतिथि कँडेलले यो एकता बिगतको टुटेको कडिलाई जोड्ने एकतासमेत भएकोले भावानात्मक रूपले नै उद्धेलित बनाएको बताए ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेशका संयोजक चिन्तामणी पौडेलले यो हाम्रो एकता वस्तुगत आवश्यकताले सृजना गरेको एकता भएको बताए । आजको यो व्यवस्था श्रमजिबी वर्ग, किसान, मजदुरको पक्षमा नभएकोले नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्दै वैज्ञानिक समाजवाद र साम्यवादमा जाने लक्ष्यका साथ अघि बढ्नु पर्नेमा जोड दिए । हामी दुई पार्टीको बीचमा सैद्धान्तिक विषयमा एकरूपता कायम रहेकोले यो एकता सम्भव भएको बताए । तर, हामीहरू बीचमा कतिपय मुद्दाहरूमा मतभेद रहेको बताउँदै ती मतभेदलाई सही रूपमा ब्यबस्थापन गरिएको र सैद्धान्तिक र बैचारिक तहमा कुनै प्रभाव नपार्नेमा जोड दिए । अन्य पार्टीहरूमा पनि क्रान्तिकारी तप्काको सङ्ख्या रहेकोले कुनै न कुनै तरिकाले ढिलो वा चाडो जोडिने बिश्वास व्यक्त गरे । मसाल पार्टीमा भएका क्रान्तिकारी तप्कालाई प्रमुख अतिथि बिना कुनै हिचकिचाहट जडता र सङ्किर्णताको घेरा तोड्नु पर्नेमा जोड दिए । क्रान्तिकारी शक्तिहरूको ध्रुबीकरण र एकता आजको राष्ट्रिय आवश्यकता भएकोले आलोचनात्मक चेतका साथ मनन गर्दै एकता प्रक्रियामा जोडिन समेत पौडेलले अपिल गरे ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश सहसंयोजक तथा प्रदेश कार्यालय सचिव आकाश गौतमले सङ्ख्या र नामावली प्रस्तुत गर्दै जनताको बीचमा गएर जनताको हरेक अप्ठ्यारोमा साथ दिन अपिलका साथ शुभकामना पनि दिए । कार्यक्रममा अर्का वक्ता केन्द्रीय सचिवालय सदस्य तथा युवा स्वयंसेवक सङ्गठनका ४ नम्बर प्रदेश इन्चार्ज अनन्त केसीले यो प्रतिक्रियावादी सत्ताका बिरुद्ध धावा बोल्नुपर्ने र पार्टीको जनसङ्घर्ष, प्रतिरोध सङ्घर्ष र जनबिद्रोहको लाइन बस्तुपरक रहेको बताउँदै युवा साथीहरूलाई प्रदेशका संयोजक चिन्तामणी पौडेलले अनुसासित र मिलिटेन्ट्का साथ लाग्न प्रेरित गरेको बताए । 

पार्टीका केन्द्रीय सल्लाहकार आभास, केन्द्रीय सदस्य तिलक बुढा र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष मानबहादुर थापाले एकता अधिबेशनको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

सहिदहरूप्रति १ मिनेट मौनधारण गरि शुरूभएको जिल्ला एकता अधिबेशनको नेकपा (मशाल) का जिल्ला प्रवक्ता रेशम गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक पुर्ण गुरुङ र स्वागत नेकपा (मशाल) का जिल्ला कार्यबाहक सेक्रेटरी मनबहादुर श्रीसले गरेका थिए । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी केन्द्रमा गएको बैशाख १९ गते मे डेको उपलक्ष्यमा एकता भएको थियो । हाल प्रदेश तहका एकता अधिबेशन सम्पन्न भइसकेको र जिल्ला तहको एकताको प्रक्रिया सँङ्गै स्थानीय तहमा पनि छिट्टै एकता हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :