प्रहरीद्वारा गिरफ्तार गणतान्त्रिक खेलकुद महासङ्घका अध्यक्ष जयन्द्र चन्दसहित चारजनाको अवस्था अज्ञात

काठमाडौँ : नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ केन्द्रीय समितिले विज्ञप्ति प्रकाशित गरी महासङ्घका अध्यक्ष जयन्द्रबहादुर चन्द, महासचिव विनोद चन्द ठकुरी, केन्द्रीय सदस्यहरू कमल आरसी र प्रेम केसीलाई प्रहरीले ललितपुरबाट अपहरण शैलीमा गिरफ्तार गरी अज्ञात अवस्थामा राखेको भन्दै तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ । महासङ्घका उपाध्यक्षका सीबीसिंह ठकुरीद्वारा जारी विज्ञप्तिमा अपहरण शैलीमा गरिएको उक्त गिरफ्तारीप्रति […]

सहिद सप्ताहमा फुटबल प्रतियोगिता, विजयी खेलाडी सम्मानित

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा सहिद सप्ताहको सिलसिलामा आयोजित पाँचदिने फुटबल प्रतियोगिता यही फागुन १८ गते भव्य रूपमा सम्पन्न भएको छ । विभिन्न १६ टिमले भाग लिएको उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो क्रमशः लम्मिफाँटा श्री विष्णु युवा क्लब, वर्का वसन्ता श्री जनशक्ति युवा क्लब र वन वर्षा सुनौलो युवा सञ्जाल भएका छन् । […]

सहिद सप्ताहको अवसरमा दाङमा कराँते प्रतियोगिता

दाङ : सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, राप्ती ब्युरोको आयोजनामा शनिबार दाङमा कराँते प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार बिहानदेखि सुरु भएको खेल प्रतियोगिताको उद्घाटन युवा संगठनका केन्द्रीय महासचिव सागर पुनले गरेका थिए । उद्घाटन कार्यक्रममा युवा संगठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिल, प्रध्यानाध्यापक नारायण पौडेल लगायतले मन्तव्य राखेका थिए […]

दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औं सागको भव्य उद्घाटन

काठमाडौँ : दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ । आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गरिन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने हिमाल, पहाड, तराई लगायत दक्षिण एशियाकै संस्कृती र पहिचान […]

नेयमारको गोलमा पीएसजी जितसँगै शीर्ष स्थानमा

काठमाडौं : फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति भएको खेलमा नेयमारको गोलमा लियोनविरुद्ध १–० को जीत हासिल गरेको छ । खेल सकिन ३ मिनेट बाँकी छदाँ नेयमारले पीएसजीका लागि गोल गरेका थिए । जितसँगै शीर्ष स्थानको पीएसजीले लिगमा तीन अंकको अग्रता लिएको छ । अघिल्लो हप्ता स्टार्सवर्गविरुद्धको खेलमा दोस्रो हाफको ईन्जुरी समयमा […]

नेयमार बार्सिलोना जाने चर्चा चलिरहँदा अन्ततः पीएसजी मै समेटिए

काठमाडौं : ब्राजिलियन सुपरस्टार नेयमार बार्सिलोना जाने चर्चा चलिरहँदा अन्ततः फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)को लिग खेल खेल्ने टोलीमा समेटिएका छन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलन गरी नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र […]

सागमा सहभागी गराइने खेलाडी छनोट अन्यायपूर्ण

काठमाडौँ : नेपालमा हुन लागेको १३ औँ  दक्षिणएसियाली खेलकुद (साग)का लागि नेपालका खेलाडी छनौट प्रक्रिया अन्यायपुर्ण भएको अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघले आपत्ति जनाएको छ । सागमा छनौट गरिने खेलाडीहरु मनोमानी छनौट गर्न लागेपछि महासंघले आपत्ति जनाएको छ । उक्त विषयलाई लिएर नेपाल गणतान्त्रिक महासंघले मंगलबार राष्टिय खेलकुद परिषद र भलिबल संघको ध्यानाकर्षण गराएको छ ।  […]

अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियालाई

काठमाडौं : अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । इजिप्टको कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलको अन्तरले हराउदै अल्जेरिया च्याम्पियन बनेको हो । अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२ मा उपविजेता बनेको सेनेगल यस पटक पनि अभागी रह्यो । सेनेगल त्यसबेला पनि पेनाल्टीमा पराजित […]

एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

काठमाडौं : एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि नेपालले उचालेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै […]

१२ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

काठमाडौं : आइतबार राति घरेलु मैदान माराकाना रंगशालामा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो । पेरुकालागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै […]