ला लिगामा बार्सिलोना र एट्लेटिको सानदार विजयी

ला लिगामा बार्सिलोना र एट्लेटिको सानदार विजयी

काठमाडौँ : लालिगामा बार्सिलोना र एट्लेटिको मड्रिड सानदार विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तले पराजित गर्दा एट्लेटिकोले भायेकानोलाई २-१ गोल अन्तरले स्तब्ध बनाएको थियो । बार्सिलोना र ओसासुनाबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औँ मिनेटमा भिटोर रोकेले जाओ क्यानसेलोको पासमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए ।

६७ औँ मिनेटमा ओसासुनाका युनाइ ग्रासिया दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा टिम भने १० खेलाडीमा समेटिएको थियो । ६३ औँ मिनेटमा बार्सिलोनाले गरेको गोलले नै निर्णायक बन्दै स्पष्ट ३ अङ्क दिलाउन सफल भयो । बार्सिलोना २२ खेलबाट ४७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । ओसासुना भने २६ अङ्कका साथ १२ औँ स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भायेकानोलाई २-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

रेनिल्डोले ३५ औँ मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । ४२ औँ मिनेटमा भायेकानोका लागि अल्भारो ग्रासियाले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :