त्रिभुवन आर्मीले पहिलो पटक जित्यो आहा रारा गोल्डकपको उपाधि

त्रिभुवन आर्मीले पहिलो पटक जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखरा : त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा ५ पटकको विजेता थ्रीस्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।

आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक-एक गोल गरेका थिए । उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :