जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले खेलकुद तथा स्टेशनरी बितरण गरे

जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले खेलकुद तथा स्टेशनरी बितरण गरे

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले जनयुद्ध दिवसको सन्दर्भ एवम् मिसन एभ्रिडे अभियान अन्तरगत विद्यालयलाई खेलकुद सामाग्री तथा स्टेशनरी बितरण गरेको छ । क्रान्तिकारी प्रेस सङ्गठनका केन्द्रीय कार्यालय सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्व नेता रवि पाण्डेयको जन्मदिनको अवसरमा बर्दघाट–४ दिब्यनगरस्थित नव दिब्यज्योति आधारभुत विद्यालयलाई क्रान्तिकारीले आइतबार खेलकुद सामाग्री तथा स्टेशनरी प्रदान गरेको हो ।

पुरानो संस्कृतिलाई हटाएर नयाँ जनसंस्कृतिमा रुपान्तरण गर्नु आवश्यक रहेकोले सङ्गठनले पूर्व नेताको जन्मदिनको अवसरमा रचनात्मक कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोताले जानकारी गराए । उनले अखिल (क्रान्तिकारी) ले शिक्षा तथा स्वास्थ्यको क्षेत्रलाई लक्षित गरेर जिल्लामा मिसन एभ्रीडे अभियान सञ्चालन गरिरहेको उल्लेख गरे । दिब्यज्योति बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सचिवसमेत रहेका सापकोताले विद्यार्थी सङ्गठनले राजनीति मात्र नगरेर समाज रूपान्तरणलाई जोड दिनुपर्ने आवश्यकता बोध गरेर रचनात्मक कार्यक्रम गरेको चर्चा गरे । बिकृति बिसङ्गति तथा भष्ट्राचारका बिरुद्ध क्रान्तिकारीले अभियान सञ्चालन गरेको उनको भनाई छ ।

कार्यक्रममा उक्त विद्यालयको संस्थापक प्रधानाध्यापक रहेका रवि पाण्डेयले समाज रूपान्तरणका लागि नयाँ कामको शुरूवात युवा पंक्तिबाट हुनुपर्ने औल्याए । उनले अखिल (क्रान्तिकारी) ले सार्वजनिक शिक्षाको सुधारका लागि ल्याएका हरेक योजनालाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै त्यसमा आफ्नो साथ र सर्मथन हुने जानकारी दिए । उनले सार्वजनिक क्षेत्रको शैक्षिक सवालहरूमा सामुदायिक विद्यालय र अखिल (क्रान्तिकारी) सँगसँगै रहेको आफूले पाएको बताउँदै शैक्षिक सुधारका काममा सबैको सहकार्य आवश्यक रहेको बताए ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक समेत रहेका पाण्डेले विद्यार्थी सङ्गठन भनेको समाजको अगुवा सङ्गठन रहेको चर्चा गरे । आफूले पढाएको विद्यालयमा फरक भूमिकामा समेत सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आफ्नो तर्फबाट विद्यालयलाई सँधै साथ रहने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यापक सरस्वती भट्टराईले मिसन एभ्रीडे अभियान अन्तरगत सार्वजनिक शिक्षा सुधारका लागि क्रान्तिकारीले ल्याएको कार्यक्रमहरू राम्रो रहेको बताए । उनले विद्यालयको पूर्व सहकर्मी एवम् संस्थापक प्रधानाध्यापकले जन्मदिनमा विद्यालय र विद्यार्थीले सहयोग गर्नु सिक्नलायक रहेको भन्दै सबैमा शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा बाल क्लबमा अध्यक्ष सफल कालिराजले मिसन एभ्रिडेमा विद्यालय र विद्यार्थीहरूलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) जिल्ला कार्यालय सदस्य तथा स्ववियु सदस्य एवम् छात्रा बिभाग प्रमुख बिमला गिरीको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा शिक्षा प्रेमी तथा पूर्व शिक्षक क्षेत्रबहादुर थापा क्षेत्री, गणेशबहादुर ढकाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्रुधन कुंवर, विद्यालय ब्यवस्थापन समिति सदस्यद्वय ऋषि पौडेल र मुक्तमाया महतों, क्रान्तिकारी युवा सङ्गठन जिल्ला संयोजक तथा विद्यालयका पूर्व विद्यार्थी तरुण श्रीस मगरको आतिथ्यता थियो । सो अवसरमा विद्यालयलाई फुटवल, ब्याडमिन्टन, स्किपीङ, लुडो, अल्फाबेट बल र विद्यार्थीहरूलाई कापी कलमलगायतका शैक्षिक सामाग्रीहरू प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :