कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीमाथि अपमान

काठमाडौँ : कोरोना महामारीले विश्व नै प्रभावित बनेपछि यसलाई तेस्रो विश्वयुद्धका रूपमा पनि व्याख्या गरिन्छ । यो जैविक विश्वयुद्धको अग्रपङ्क्तिमा छन् सेता वस्त्रधारीहरू र जसको हातमा छ अर्बौं मानिसहरूको जीवन । चीनको वुहानमा कोरोना उच्च बिन्दुमा पुगेकाले लकडाउन गरिएको बेला त्यहाँका स्वास्थ्यकर्मीहरूले रातदिन कडा मेहनत गरे । अनुहारै बिग्रने गरी मास्क र पीपीआई सेट लगाए […]

बागलुङमा पहिरो जाँदा दुईजनाको मृत्यु

काठमाडौँ : बागलुङको निसीखोलामा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । शुक्रबार राति माथिबाट खसेको पहिरोले घर पुर्दा निसीखोला गाउँपालिका ५ कारीका हीराबहादुर विकको परिवारका २ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर हीराबहादुरका विकका १३ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै ५३ […]

पहिरोमा परी सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या ११, २७ जना बेपत्ता

काठमाडौँ : शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ को लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै पहिरोमा परी २७ जना बेपत्ता भएका छन् । ्पहिरोका कारण ३७ घर पुरिएको र तीमध्ये धेरै घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ । नेपालमा २०७२ सालमा आएको भूकम्पका कारण धाँजा फाटेर कमजोर बनेपछि पुनस्र्थापना […]

बार्सिलोना जस्जास्पद हार बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरियो

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथी बार्सिलोनाले बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोरेको छ । लिस्बोनमा शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । थोमस मुलर र फिलिप कौटिन्होले समान दुई–दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । अरू चार गोलमा […]

म गिरफ्तार किन हुन्छु ?

म भोकको कुरा गर्छु म रोगको कुरा गर्छु म अभावको कुरा गर्छु त्यही भएर म गिरफ्तार हुन्छु ! देश रोएको देख्न सकिनँ राष्ट्र लुटिएको हेर्न सकिनँ देश जोगाउन, राष्ट्र बचाउन गगनभेदी नारा घन्काइरहेँ त्यही भएर म गिरफ्तार हुन्छु ! महाकाली बेची खानेले कोसी–गण्डकी पनि बेचेपछि बिप्पा सम्झौता गर्नेले कर्णाली पनि अर्कैलाई सुम्पेपछि म चुपचाप बस्न […]

टाल्नै नमिल्ने गरी धुजाधुजा भएको सरकारी पार्टीलाई जोगाउला त त्रिशङ्कु कार्यदलले ?

काठमाडौँ : आन्तरिक कलह, पार्टी–शक्ति सन्तुलन र सत्ताविवादका कारण टाल्नै नमिल्ने थोत्रो लुगाजस्तो बनेको सरकारी पार्टीलाई कार्यदल नाउँको त्रिशङ्कु सियोले टाल्ला कि झन् उधार्ला, विज्ञहरू प्रश्न गर्न थालेका छन् । सरकारी नेकपाले आन्तरिक विवाद मिलाउने विषयमा खाका बनाउन भन्दै ६ सदस्यीय कार्यदल गठन गरेको घोषणा गरेपछि यी विषय बाहिरिएका हुन् । सरकारी पार्टीका प्रथम अध्यक्षसमेत […]

नेकपा डोटीले भन्यो– गिरफ्तार गरिएका बोहोरालाई रिहा नगरिए प्रतिरोध

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोटीले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई प्रशासनले अनावश्यक दुःख दिने गरेको बताएको छ । नेकपाका डोटी इन्चार्ज तर्कराज र सचिव कालु पाण्डेद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा आफ्नो पार्टीका जिल्ला सदस्य कृष्णबहादुर बोहोरालाई बिहीबार गिरफ्तार गरिएको भन्दै बिनासर्त रिहाइको माग गरिएको छ । राष्ट्रियता रक्षाका लागि लडिरहेको आफ्नो पार्टीलाई सरकारले दमन अभियानको बाटोबाट […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सय नजिक

काठमाडौँ : कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २५ हजार नाघेको बेला नेपालमा मृत्यु हुनेको सङ्ख्या करिब १ सय पुगेको छ । नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको हो । मन्त्रालयका अनुसार आज मोरङमा १, सिराहामा १ र बारामा २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ […]

नेपालमा आज मात्र ५ सय ९४ जनाकोरोना सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ९४ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ५ सय ५१ पुगेको छ । कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या भने पछिल्लो २४ घन्टामा २ सय ४० रहेको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म १७ हजार […]

रातो खबरका निर्देशक शर्माको स्वास्थ्य अवस्था अझै नाजुक, बिरामीवरिपरि अझै प्रहरीको घेराबन्दी

काठमाडौँ : लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ को स्वास्थ्य अवस्था अझै पनि उस्तै नाजुक अवस्थामा रहेको छ । शर्मालाई रातो खबर साप्ताहिकका प्रबन्धकनिर्देशक भीम चापागाईंले शुक्रबार अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । शर्माको स्वास्थ्य अवस्था अहिले पनि नाजुक रहेको र उठबस पनि […]