क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्याङ्जाको एकता अधिबेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्याङ्जाको एकता अधिबेशन सम्पन्न

स्याङ्जा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय र प्रदेश तहमा एकता भएसँगै जिल्ला तहमा पनि एकता अधिबेशनको कार्य सम्पन्न हुँदै आएको छ । यसै सिलसिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच स्याङ्जा जिल्लाको एकता अधिबेशन बिहीबार सम्पन्न भएको छ । अधिबेशनले लालबहादुर राना संयोजक र शारदा शाह सहसंयोजकमा रहनेगरी २५ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्याङ्जा जिल्ला सङ्गठन समिति घोषणा गरेको छ । 

एकता अधिबेशनको उत्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश संयोजक चिन्तामणी शर्माले गरेका थिए । उनले उत्घाटन मन्तब्य राख्दै पार्टी एकताको सन्देशले आम शोषित पीडित जनतामा उत्साह छाएको बताए । आज क्रान्तिकारी शक्तिहरू ध्रुवीकरण र एकताको प्रक्रियामा लागेकोले क्रान्तिकारीहरूलाई उत्साह पैदा गरेको र प्रतिक्रियावादी र संसद्‌वादी शक्तिहरू थर्कमान भएको शर्माले बताए । यो एकता वास्तवमा विगतको टुटेको कडिलाई जोड्ने एकता समेत भएकोले भावानात्मक एकता पनि भएको उनले बताए । 

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश सहसंयोजक तथा प्रदेश कार्यालय सचिव आकाश गौतमले सङ्ख्या र नामावली प्रस्तुत गर्दै जनताको बीचमा गएर जनताको दु:ख सुखको साथी हुन र हरेक अप्ठ्यारोमा लाग्नको लागि शुभकामना दिए । यस्तै अर्का वक्ता केन्द्रीय सचिवालय सदस्य तथा युवा स्वयंसेवक सङ्गठनका ४ नम्बर प्रदेश इन्चार्ज अनन्त केसीले युवाहरू अनुसाशित र संयममित हुन र स्थानिय र राष्ट्रिय अन्तर्विरोधमा सचेतपूर्ण ढङ्गले लाग्नको लागि अपिलसमेत गरे । 

त्यसैगरी कार्यक्रममा अर्का वक्ता पार्टीका केन्द्रीय सदस्य तथा शिक्षा, स्वास्थ्य, बिज्ञान र प्रबिधि बिभागका ४ नम्बर प्रदेशका इन्चर्ज दलसिङ्ग खत्रीले अबको राजनीति परम्परागत ढङ्गले नचल्ने र प्रबिधिको समुचित प्रयोग अपरिहार्य भएको बताउँदै नेपालमा यो दलाल सत्ताको कारण शिक्षा र स्वास्थ्य महँगो भएको र निम्न वर्गका जनताले त्यो सुबिधाबाट बञ्चित हुन पुगेकोले सङ्घर्षको आवश्यकता भएकोमा जोड दिए ।

सहिदहरूप्रति १ मिनेट मौनधारण गरि शुरूभएको जिल्ला एकता अधिबेशनको नेकपा (मशाल) का स्याङ्जा जिल्ला सेक्रेटरी लालबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक शारदा शाह र स्वागत नेकपा (मशाल) स्याङ्जा जिल्ला प्रवक्ता होमबहादुर रानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :