भाकपा माओवादीका गुरिल्लाद्वारा ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया

दण्डकारण्य (भारत) : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार गुरिल्लाले क्रान्तिकारीमाथि दमन गर्न आएका ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया गरिदिएका छन् । भारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय क्षेत्रीय ब्युरोका प्रवक्ता प्रतापले विज्ञप्ति जारी गरी आततायी मोदी सरकारका प्रहरीहरूको दमन योजना असफल पारी सफाया गर्न सफल राता योद्धाहरूको साहसिक आक्रमणप्रति लालसलाम प्रकट गरेका छन् । कारबाहीमा तीन योद्धाले वीरगति प्राप्त गरेको प्रवक्ता प्रतापको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सीपीआई (माओवादी) को केन्द्रीय क्षेत्रीय ब्यूरोले केन्द्रीय सशस्त्र बलमाथि पीएलजीएको अभूतपूर्व वीर आक्रमणको प्रशंसा गर्दछ ।’ विज्ञप्तिमा छत्तीसगढको बिजापुर जिल्लाको पामेद क्षेत्रमा प्रहरी बल दर्मावरम क्याम्प स्थापना गरिएको उल्लेख छ ।

प्रतापको विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी आन्दोलन कार्पेट (ग्रिड) सुरक्षाको अभिन्न अङ्ग हो । हाम्रा पीएलजीए रेड–फाइटरहरूसँगै हजारौँ क्रान्तिकारी जनसमुदायको सहभागिताले फासिवादीमाथि यस्तो वीर आक्रमण गर्ने सफलता प्राप्त भएको हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘अर्धसैनिक बलहरू अपरेसन कागर–सूर्य शक्तिको पृष्ठभूमिमा उहाँहरूको लडाकु हमलालाई सलाम गरौँ, उहाँहरू सहभागी क्रान्तिकारी जनसमुदायलाई हाम्रो क्रान्तिकारी अभिवादन गरौँ ।’

ढिलो गरी प्राप्त जानकारीअनुसार १६ जनवरी २०२४ साँझ ७ः०५ बजे पीएलजीए सेनाले आश्चर्यजनक रूपमा शत्रुको शिविरमा आक्रमण गरे । ३ घन्टाको यो आक्रमणमा पीएलजीए छापामारहरूले ६०० भन्दा बढी ग्रेनेड लन्चर र गोला प्रहार गरेका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘शत्रुले के भइरहेको छ भन्ने थाहा पाउनुअघि नै द्रुत फायरिङका साथ ग्रेनेडहरू बनाए । हाम्रो भरपर्दो गोप्य प्रतिवेदनमा ३५ प्रहरीको मृत्यु र ४० भन्दा बढी गम्भीर घाइते भएका छन् । छापा मार्नुअघि हाम्रा छापामारहरूले प्रहरी क्याम्पको सम्पूर्ण परिधि आफ्नो नियन्त्रणमा लिएका थिए । छापा मार्ने क्रममा अतिरिक्त बलको आवतजावतलाई लिएर स्थानीय बासिन्दाले ठूलठूला रूख र सेनाले सडक अवरुद्ध गरेका थिए ।’

अगाडि भनिएको छ, ‘आउँदै गरेको थप बलहरूलाई विस्फोट गर्न ल्यान्ड माइनहरू राखिएको थियो । हाम्रा ३ प्रिय साथी बहादुरीका साथ लडेर सहिद भए ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :