क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखानामा जाऔं’ अभियान जारी

क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखानामा जाऔं’ अभियान जारी

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखानामा जाऔं’ अभियान जारी छ । कामदार तथा मजदुरहरूमाथि हुने सबैखाले अन्याय बिरुद्ध सशक्त उत्रँदै दवावमार्फत उत्पन्न श्रमविवाद हल गर्ने काम पनि महासंघले सँगसँगै गर्दै आएको छ ।

महासंघले श्रमिक मजदुरहरूको निमित्त उचित ब्यवहारिक सामाजिक सुरक्षाको माग गर्दै आएको छ । त्यसैगरी बजार महँगीको अनुपातमा पारिश्रमिक वृद्धि गरिनुपर्ने र वैज्ञानिक तलवमान कायम गरिनुपर्नेमा समेत महासंघले बिशेष जोड दिँदै आएको छ ।

महासंघले अभियानको क्रममा मजदुर जागरणसँगै कारखानामा काम गर्ने मजदुरहरूलाई सङ्गठित गर्दै पनि आएको छ । अभियानकै क्रममा माघ १५ गते काठमाडौँको थापाथलीस्थित निर्माणाधिन भवनमा कार्यरत निर्माण मजदुरहरू सङ्गठित भएका छन् ।

नेपाल राष्ट्र बैंकको उक्त भवनमा कार्यरत इलेक्ट्रिकल वायरिङ, फल्सिलिङ्ग, बोर्ड पार्टेशन, प्लम्विङ्ग र अन्य विभिन्न प्रकृतिका मजदुरहरू महासंघको घटक सङ्गठन निर्माण मजदुर संघमा एक कार्यक्रमका बीच सङ्गठित भएका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य आकाश, केन्द्रीय सदस्य सुरेश र पार्टी निकट महासंघको प्रदेश–३ सम्मेलन आयोजक समिति संयोजक कुमार घताने, सहसंयोजक सरोज न्यौपाने, प्रदेश समिति सदस्य शेरबहादुर मगर लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमले पदम ब्लोनको नेतृत्वमा ११ सदस्यीय इकाई कमिटी निर्माण गरेको हो ।

इकाई किमिटीमा सङ्गठित हुनु भएका मजदुरहरूमा पदम ब्लोन–संयोजक र सदस्यहरूमा गणेश तामाङ, दिलिप के.सी., जितबहादुर थापा, लिला वाइवा, विशाल खत्री, रामबहादुर राई, बिबेक राई, देवराज राई, सञ्जय राई, सुवास राई रहेका छन् ।

नवगठित इकाइ कमिटीलाई अभियानमा उपस्थित नेताहरू सुरेश र कुमारले अभियानबारे थप प्रष्ट पार्दै प्रशिक्षण मन्तव्यसहित बधाइ तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :