क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालोमोसो दले

क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालोमोसो दले

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका छन् । मङ्गलबार दिउँसो क्रान्तिकारी युवा संगठन, नेपालले उपकुलपति कार्कीमाथि कालोमोसो दलेका हुन् ।

प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण कालोमोसो दलिएको सङ्गठनका अध्यक्ष हरिस भट्टले बताए । कालोमोसो दल्‍ने संगठनका तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् ।

क्रान्तिकारी युवा सङ्गठन, नेपालले कर्मचारीहररूको अन्यायपूर्ण तरिकाले बढुवा रोकेको, औषधि मेशिन लगायत खरीद प्रक्रियामा करोडौँ अनियमितता गरेको, कर्मचारी नियुक्ति प्रक्रियामा मनोमानी गरेको, गुण्डागर्दीपुर्ण तरीकाले कर्मचारीहरुलाई धम्क्याउने र आतंकित पारेको र निर्दोश कर्मचारीहरूलाई षड्यन्त्रपूर्ण झुटा मुद्दा लगाएकोले कालोमोसो दलिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :