अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्गठनको एकता भेला सम्पन्न

अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्गठनको एकता भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्गठनको एकता भेला सम्पन्न भएको छ । शनिबार ललितपुरको कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यालयमा सम्पन्न भएको एकता भेलाले इन्दिरा अधिकारीको संयोजकत्वमा सह–संयोजकमा लोकेन्द्र सार्की रहनेगरी २३ सदस्यीय केन्द्रीय सङ्गठन समिति निर्माण गरेको छ ।

उक्त सङ्गठनको सदस्यहरुमा डा. आकाश अर्याल, डा. सन्जिव योन्जन, महानन्द भट्ट, पम्फा नेपाली, दिलबहादुर चुदार, प्रतिभा बिसि, डा. विशाल उप्रेती, डा. प्रतिभा सापकोटा, सीता गुरुङ, निशा कार्की, अनुपा बुढाथोकी, युबराज खड्का, दिपेन्द्र सिंह, उमेश मगर, मन्जिल बोगटी, अर्जुन कुमार सुनार, दिपक बयलकोटी, भक्त राज काफ्ले, अबिरल, बलराम गिरीलगायत रहेका छन् ।

प्रमुख अतिथि पार्टीका कार्यालय सदस्य सिपी गजुरेल ‘गौरव’, विशेष अतिथि कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र कार्यालय सदस्य तथा सङ्गठनका फ्याक्सन इन्चार्ज गम्भीर र पार्टी केन्द्रीय सल्लाकार मंगल विकले महत्वपूर्ण वैचारिक राजनीतिक तथा पेशागत विषयहरुमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

साथै उक्त भेलामा शिक्षा तथा स्वास्थ्य बिभाग सचिव पूर्णसिंह, सदस्य गोबिन्द पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । इन्दिरा अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन लोकेन्द्र सार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :