अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको भेला सम्पन्न

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको भेला सम्पन्न

सन्धिखर्क : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अर्घाखाँचीको जिल्ला भेला शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले माया नेपालीको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

भेलामा पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज हुकुम खड्काले पितृसत्तात्मक सत्ताका बिरुद्ध महिलाहरू एकजुट हुनुपर्ने जोड दिए ।

कार्यक्रममा पार्टीका जिल्ला सह-संयोजक नरेश्वर पाण्डे, प्रदेश सदस्य तथा सन्धिखर्क नगर इन्चार्ज गोबिन्द खनाल, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक राजेश नेपालीलगायतले भेलाको सफलताको शुभ-कामना दिएका थिए 

उक्त कार्यक्रम माया नेपालीको अध्ययक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :