शैक्षिक माफिया सुनिल शर्माविरुद्ध कालो ब्यानरसहित प्रदर्शन

शैक्षिक माफिया सुनिल शर्माविरुद्ध कालो ब्यानरसहित प्रदर्शन

काठमाडौँ : शैक्षिक र मेडिकल क्षेत्रमा विकृति फैलाएर ब्रह्मलूट गरेको भन्दै शैक्षिक माफिया सुनिल शर्माविरुद्ध कालो ब्यानरसहित प्रदर्शन गरिएको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा सञ्चालक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजविरुद्ध मङ्गलबार कालो ब्यानरसहित प्रदर्शन गरेको हो ।

अखिल क्रान्तिकारीले जारी गरेको ‘मेडिकल माफिया सुनिल शर्मालाई कारबाही किन ?’ शीर्षकको ब्यानरमा लेखिएको छ :

१) चिकित्सा शिक्षा र विश्वविद्यालयको नियमविपरीत विद्यार्थीबाट चर्को शुल्क असुल्दै होस्टेललाई अनिवार्य गरेकाले ।
२) सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गरेकाले ।
३) विश्वविद्यालयको नियमविपरीत विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेकाले ।
४) छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेकाले ।
५) यस कलेजमा कार्यरत प्राध्यापक, कर्मचारीलगायत विद्यार्थीलाई अनावश्यक यातना दिँदै आएकाले ।
६) शिक्षा र स्वास्थ्यलाई निजीकरण एवम् व्यापारीकरण गरी ब्रह्मलुट मच्चाउँदै विद्यार्थी, अभिभावक तथा आमजनतालाई चरम आर्थिक शोषण गरेको ।

अखिल क्रान्तिकारीले शैक्षिक माफिया, भ्रष्टहरूविरुद्ध कारबाही अभियान सुरु भएको र समस्या समाधान नभएसम्म जारी रहने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :