दाङमा “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक वक्तृत्वकला सम्पन्न

दाङमा “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक वक्तृत्वकला सम्पन्न

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) दाङले “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक प्रथम अन्तर मा बि नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता-२०८० कार्यक्रम माध्यमिक बिद्यालय सेन्टर तुलसीपुर दाङमा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष इन्दु वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इञ्चार्ज दिपक बिष्ट, बिशिस्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका पाँच नम्बर प्रदेश संयोजक अटल, पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समीर के सी, अखिल (क्रान्तिकारी) पाँच नम्बर प्रदेश इञ्चार्ज नवीन खडका, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रमेश लम्साल, जिल्ला प्याप्सन दाङका अध्यक्ष मधुसूदन केसी, नगर प्याप्सनका काबा अध्यक्ष सुमन केसी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा अतिथिहरूको स्वागत अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य निशा बोहराले गरेका थिए भने बिषय प्रबेश अखिल (क्रान्तिकारी) प्रदेश संयोजक नवीन खडकाले गरेका थिए ।

तुलसीपुर नगरभित्रका जम्मा १८ वटा माध्यमिक विद्यालयका छात्रछात्राहरूले बिषयको गम्भीरता जटिलतालाई सरल ढङ्गले प्रस्तुत गरेका थिए । सबैले सुन्दर कलात्मक ढङ्गबाट प्रस्तुत गरेको बतृत्वकला प्रतियोगितामा निर्णायकहरूको मुल्याङ्कनका आधारमा बिभिषा केसी मेरीगोल्ड माबि प्रथम भएकालाई नगद १५०००/- ट्रफि र प्रमाणपत्र, बिनोद केसी ज्ञान ज्योति माबिका छात्र  द्दितिय नगद १०,०००/- ट्रफि र प्रमाणपत्र, कृष्टिना बुढाथोकी तृतीयलाई ५,०००/- रुपैया ट्रफि र प्रमाणपत्र  तथा गुरु जजुर माबि रक्षाचौरका सलिना वलीले सान्त्वना भएकाले २,५००/- नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त पुरस्कार प्रमुख अतिथिबाट बितरण गरेको थियो । 

कार्यक्रममा वक्ताहरूले “पुँजी र प्रतिभा पलायन” का बिषयमा दरो खरो रूपमा सबैले गरेका तर्कहरू अकाट्य छन् । १२ कक्षा पास गरेपछि बिदेशिने प्रबृत्तिले गर्दा आर्थतन्त्रमा गम्भीर असर परेकोले अहिलेको आर्थिक मन्दी यसैको प्रतिफल भएको बताए । तेस्रो बाटो हुँदै अबैध रूपमा बाहिरीने सङ्ख्या राज्यसँग नरहेकोले सरकारी डाटा अपुरो रहेको बताए । युवाहरूले देशमा भबिष्य नदेखेपछि बिदेशीन बाध्यता रहेको बताउँदै देशमा शिक्षा, स्वास्थ र रोजगारको ब्यबस्थापन गर्नुको साटो सरकार बिदेशी मुलुकमा श्रम सम्झौता गर्न आतुर रहने गरेकोले पनि बालबालिका र बृद्धअबस्था रहेका बुवाआमा देशमा रहने र केही बर्षपछि मलामी समेत भारतबाट बोलाउनुपर्ने अबस्था अाउने बताए ।

अहिलेका विद्यार्थीहरू १२ कक्षा पास गर्ने बित्तिकै बिदेशिएका कारणले बिश्व बिद्यालय खाली हुँदै गएको बताउँदै तत्काल शिक्षा नीति परिवर्तन गर्नुपर्ने बिचार राखे । बिशिष्ट अतिथि पाँच नम्बर प्रदेश इञ्चार्ज तथा केन्द्रीय सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेतासमेत रहेका अटलले यो सबै बिकृत्तिको जड राज्य ब्यबस्था भएकोले यो ब्यबस्था रहँदासम्म बिदेशिनु बाध्यता रहने कुरा राख्दै देश दुनियाँ बदल्न जनयुद्धको जगमा टेकेर सङ्घीय जनगणतान्त्रिक राज्य ब्यबस्थाबाट बैज्ञानिक समाजबादमा पुगेपछि मात्रै देश दलाल पुँजीवादी शासनको अत्य हुने र त्यसपछि मात्र बिदेशिने प्रबृत्तिको अत्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :