अखिल (क्रान्तिकारी) द्वारा ‘मिसन एभ्रिडे’ अन्तरगत विद्यालय निरीक्षण शुरू

अखिल (क्रान्तिकारी) द्वारा ‘मिसन एभ्रिडे’ अन्तरगत विद्यालय निरीक्षण शुरू

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले ‘मिसन एभ्रिडे’ अन्तरगत विद्यालय निरीक्षण शुरू गरेको जनाएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले संसदीय दलहरूले ल्याएको मिसन–८४ होइन जनतालाई हरेक दिन कठिनाई रहेको भन्दै त्यसको बिकल्पमा देशैभर ‘मिसन एभ्रिडे’ शुरू गरेको हो ।

दलाल ब्यवस्थाका पक्षधरहरूले जनतालाई झुक्याउन मिसन–८४ को चुनावी नारा दिएको भन्दै क्रान्तिकारीले ‘मिसन एभ्रिडे’ सञ्चालन गरिरेहको बताएको छ । यस अभियान अन्तरगत विद्यालयमा विभिन्न रचनात्मक कार्यक्रम, भेटघाट, सरसफाई, गोष्ठीका कार्यक्रमहरू एवम् शैक्षिक समस्याहरूको निरीक्षणहरू तथा समाधानका उपायबारे सरोकारवालाहरूलाई दबाब दिने, विद्यालयमा हुने शैक्षिक बिकृति बिरुद्ध सङ्घर्ष उठान गर्ने, भष्ट्राचार बिरोधी जनमत तयार गर्नेलगायतका कामहरू सञ्चालन भइरहेको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिए ।

अभियान अन्तरगत बुधवार क्रान्तिकारीले बर्दघाट–१४ गङ्गाबस्ती स्थित गङ्गा माविको निरीक्षण गरेको सापकोटाले बताए । चिसो मौसमका बिना झ्यालको कोठामा अध्ययन गरिरहेका विद्यार्थीलाई भेटघाट तथा सरोकारवालाहरूसँग आवश्यक छलफल समेत गरेको सापकोटाले जानकारी दिए । सो अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शोभाकर भुसाल, प्रधानाध्यापक भुपेन्द्र रिजालसँग जानकारी लिने काम भएको उनको भनाई छ । अभियानकै क्रममा क्रान्तिकारीले गङ्गा माविको समस्याको विषयमा बर्दघाट नगरपालिका – १४ का वडाध्यक्ष तथा नगर प्रवक्ता सन्तबहादुर गाहाको ध्यानाकर्षण गराएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :