क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सम्पन्न

हेटौँडा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरूको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौँडामा सञ्चालन गरिएको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. प्रदेश अन्तर्गत उपप्रदेश ‘ख’ का इन्चार्ज तथा स्कूल विभागका प्रमुख शार्दूलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शार्दूलले विचारधारात्मक स्पष्टता र नेता कार्यकर्ताको योग्यता क्षमताको विकास गराउन स्कूलिङको आयोजना गरेको बताए । उनले दलाल सत्ता, व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेता कार्यकर्ताको वैचारिक क्षमताको स्तरवृद्धि गर्न आवश्यक भएको पनि स्पष्ट पारे ।

स्कूलिङ कार्यक्रममा मकवानपुर, ललितपुर र सिन्धुलीका २३ जना प्रदेश सदस्यहरू प्रशिक्षार्थीको रूपमा सहभागी रहेका थिए । स्कूलिङ कार्यक्रममा प्रमुख अतिथि शार्दूलले दर्शनशास्त्र, अमृत अधिकारीले अर्थशास्त्र, कगेन्द्रले सौन्दर्य शास्त्र, जबस–मोर्चा सम्बन्धी– गगन, नेपालको कम्युनिस्ट आन्दोलन– भरतबुर्जा मगर, सङ्गठन र पार्टी विधानबारे– खगेन्द्र छन्त्याल र विश्व कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट घोषणा पत्रबारे– श्रीकृष्ण सुलुले अध्यापन गराए ।

उक्त स्कूलिङ कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता गगन र सञ्चालन खगेन्द्र छन्त्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :