अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । भदौ १ र २ गते सम्पन्न भेलाले सुनिल सिंहको संयोजकत्वमा २५ सदस्यीय जिल्ला सङ्गठन समिति र ८ सदस्यीय जिल्ला सचिवालय समेत गठन गरेको छ ।

भेलाका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य दिपक शाही, विषेश अतिथि पार्टी केन्द्रीय सदस्य कृष्ण शाह थिए भने अतिथिहरुमा विद्यार्थी केन्द्रीय कार्यालय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज दिपक विष्ट, प्रदेश संयोजक रमेश र जिल्ला पार्टी नेताहरु सागर र जीवन रहेका थिए ।
प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य दिपक शाहीले भेलालाई बधाई तथा शुभ–कामना दिँदै प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भन्ने व्यवस्था धारा ३१ को उपधारा १ ले गरेको छ, भने उपधारा २ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ, भन्दै उपधारा ३ मा अपाङ्गता भएका र आर्थिक रुपले बिपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुने व्यवस्था गरेको बताए ।

शाहीले उपधारा ४ मा दृष्टि बिहीन नागरिकलाई ब्रेनलिपि तथा बहिरा र स्वर बोलाई सम्बन्धि अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यामबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ भनि स्पष्ट ब्यवस्था गरेको छ र यस्तै सोही धाराको उपधारा ५ मा नेपालमा बसोवास गर्ने प्रत्येक समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने, त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भन्ने व्यवस्था गरेको बताए । साथै उनले यी उल्लेखित धाराहरु सबै लागू गर्न अब सङ्घर्षको विकल्प छैन भन्दै आन्दोलन गर्न सबै विद्यार्थीलाई आह्वान् गरे ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुनिल सिंहको अध्यक्षतामा सम्पन्न भेलामा अन्य अतिथिहरुले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :