पार्टीका सचिवालय सदस्य न्यौपाने निर्दोष रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको ठहर

पार्टीका सचिवालय सदस्य न्यौपाने निर्दोष रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको ठहर

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भुपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । सोमबार पार्टीका अध्यक्ष किरणले प्रेस वक्तव्यमार्फत् सचिवालय सदस्य न्यौपाने निर्दोष रहेको सार्वजनिक रूपमा जानकारी गराएका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका सचिवालय सदस्य क. भुपेन्द्र न्यौपानेको वैदेशिक रोजगारको विषयमा उहाँंलाई जोडेर पत्रकार सम्मेलन र विभिन्न मिडियामा समाचार आएपछि पार्टीले त्यसको छानबीन गरी सत्यतथ्य सार्वजनिक गरिने छ भनी प्रेस वक्तव्यद्वारा प्रष्ट पारेको थियो । त्यसै अनुसार पार्टीले न्याय तथा कानुन विभागद्वारा आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यहरुका आधारमा क. भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर गरेको छ र सो विषयबारे प्रष्ट गरी यसै प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ ।’

वक्तव्यमा यस सन्दर्भमा केही गलत तत्वहरू भुपेन्द्रप्रति रिसइबी साध्न तथा उहाँलाई वदनाम गर्न उद्यत रहेकोमा त्यसको विरोध गर्दै त्यसबारे आवश्यकता अनुसार थप प्रस्ट पारिने कुरा पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :