कप्तान मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

कप्तान मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

काठमाडौँ : कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले शानदार जित निकालेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५–० ले पराजित गरेको हो ।

आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरेका थिए । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौँ मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :