युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल हुँदै

युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल हुँदै

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयंसेवक नेपाल दाङको आयोजनामा तथा दाङ वातासिनोको सहयोगमा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । तुलसिपुरको अरनिको मैदान सञ्चालन हुने प्रतियोगिता यहि असोज १० गतेदेखि सुरु हुनेछ ।

फुटबल खेलको बिकास र प्रवर्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने मूख्य उद्देश्यका साथ आयोजना गरिएको र प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रमा स्थापित क्लबका १२ बढी टिमको सहभागिता रहने आयोजक युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालले जानकारी दिए ।

चारदिनसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष दुलालले बताए ।

असोज ९ गते दिउँसो २ बजेसम्म टिम दर्ताको समय राखेको छ भने ३ बजे टाईसिट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ । प्रतियोगितालाई भब्य एवम् सभ्य रुपमा सम्पन्न गर्न आफ्नो तयारीलाई तिब्र पारेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :