वर्गयोद्धाको तरबार

कविता

तिमी बसेर दरबारमा
लगायौ आगो सुकुमबासीका घरबारमा
याद गर तानाशाह हो
रगत अझै आलै छ
वर्गयोद्धाको तरबारमा ।

हिजो पनि लडेकै हो
अन्यायविरुद्ध डढेकै हो
मै हुँ भन्ने राजाहरू पनि
माटोमुनि नै सडेकै हो ।

अझै हाम्रो मुक्तिको यात्रा रोकिएको छैन
सहिदको रगत त्यसै पोखिएको छैन
परे फेरि बलिदान दिन्छु
निस्क्यो गोली बन्दुकबाट ठोकिएको छैन ।

भ्रष्टाचार गर्दा पनि ताली बजायौ
देश बेचिँदा पनि फूलमाला लगायौ
हुँदाहुँदा आफ्नै घर खरानी भो
अब के राह्यो र साइँला
धैर्यको बाँध भत्किसक्यो
आन्यय र आत्याचारले सीमा नाघिसक्यो
उठाऊ बन्दुक, बर्साऊ गोली
नत्र अझै ज्यादती गर्नेछन् भोलि
परी आए फेरि बग्छन् रगतका खोली ।

विश्वास गर
एक दिन हाम्रो विजय हुनेछ
वीरहरूको जय–जय हुनेछ
वर्गदुस्मनको पराजय हुनेछ
अनि
सहिदको सपना पूरा हुनेछ
हामीसँग संसार सारा हुनेछ
सबैको स्वरमा विजयको नारा हुनेछ
सहिदहरू चम्किरहने तारा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :