जिउदो सपनी

कविता

झकझक्याउँछ हरदम सपनाले
तैँले बाटो बिराइस् भनेर
कुहिरोले डम्म भरिएको बाटो
काँडा, खोल्सा, खोल्सी, पहिरो
भीर, आखापाखा, गौँडा, गल्छेडा
शान्तिको परेवा छोप्ने सपना मेरो
भ्रष्टाचार, शोषणविहीन
स्वतन्त्र, सार्वभौम देश
मेरो धोको !
तर मेरो सपनामा बज्रपात
नेपालमा सहिदका रक्तबीज छ
सुनकोसीमा रगत मिसिएको छ
तामाकोसीमा दोरम्बाको रगत
कर्णालीमा रातो रगत
सहिद परिवारको बिचल्ली
नेताहरूबाट धोका !
र षड्यन्त्र बीच बाटोमा
साम्राज्यवादको ग्र्यान्ड डिजाइन
शीर्ष नेताहरूको आत्मसमर्पण
जनयुद्धको ब्याजमा गगनचुम्बी महल
भ्रष्टाचार, कमिसन, माफियातन्त्र
फासिवाद र तानाशाह
तर सपनाहरू जिउँदा छन्
दायाँबायाँ काँडा भए नि
उकालो चढिरहेछु म
शान्तिको परेवा छोप्न
जनजीविका, जनतन्त्र
र राष्ट्रियता बिक्दैछ डलरमा
तिम्रो नक्कली कम्युनिस्ट
बिकाउँदैछ सपना डलरमा
देशभक्तहरू ! न्यायका लागि
बढ़, बढ, अगाडि बढ
मुक्तिका लागि अघि बढ !!!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :