भ्रष्टाचारको अभियोगमा देश छोड्दै स्पेनका पूर्वराजा

काठमाडौँ : विधिको शासन चलेको देशमा देश र जनताका विरुद्ध हर्कत गर्ने जोकोहीले पनि उचित दण्डसजाय पाउनु पर्दछ तर नेपालमा ७० करोड काण्डमा मुछिएका गोकुल बास्कोटा, वाइड बडी काण्ड अनि १० अर्ब काण्डका नाइकेहरू अझै पनि शक्ति र सत्तामा प्रभाव पारिरहेका छन् ।

उता स्पेनमा भने राज्यको सम्पत्ति भ्रष्टाचार गरेको अभियोग लागेपछि स्पेनका पूर्वराजा ख्वान कार्लोस देश छोड्दैछन् । केही समयअघि उनको हाइस्पिड रेलको ठेक्काका विषयमा भ्रष्टाचारसम्बन्धी मुद्दामा त्यहाँको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो । स्पनेको एउटा कम्पनीले मक्कामदिना रेल निर्माणका लागि ६.७ अर्ब डलरबराबरको ठेक्का पाएको र उक्त ठेक्कामा पूर्वराजा कार्लोसको संलग्नता भएको अभियोग लागेको थियो ।

स्पेनका अधिकारीहरूले पूर्वराजाले आफ्नो सम्पत्ति विदेशमा राखेको हुनसक्ने आशङ्का गरेका छन् । स्पेनमा ४० वर्ष राज्य गरेका कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए । उनले स्पेनलाई कुशलतापूर्वक अधिनयावादबाट प्रजातन्त्रसम्म डोर्याएको मानिन्छ । कुनै समय निकै लोकप्रियता कमाएका राजाको यो देश छोड्ने निर्णय निकै अपमानजनक रहेको मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :