उसले सबैलाई बेबकुफ बनायो

कविता

उहिले–उहिले उसले
महाकालीमा पिण्ड लडायो
दक्षिणका देउतालाई भेटी चढायो
सोझालाई अर्बौं आउने पाठ पढायो
आफू मूर्धन्य नेता कहलायो
अनि सबैलाई बेबकुफ बनायो ।

पहिले–पहिले उसले
आफ्नो फुस्रो अनुहारमा
लाल–लाल रङ लगायो
लालतारा अङ्कित टोपी लगायो
अस्त्र–वस्त्र पनि लाल नै लगायो
सिद्धान्तको पिण्ड बगायो
माक्र्सलाई नै बेबकुफ बनायो ।

बाहिर–बाहिर रातो झन्डा समायो
भित्रभित्र झन्डाको डन्डा समायो
पैसाले जीवन किनबेच गर्ने फन्डा बनायो
उसले यति बेला पनि सबैलाई बेबकुफ बनायो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :