युवा सङ्गठनले विपन्न वर्गका युवालाई बाँड्यो खेलकुद सामग्री

नवलपुर : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल नवलपुरले युवाहरूलाई खेलकुद सामग्री वितरण गरेको छ । लकडाउनको समयमा युवाहरूलाई सिर्जनशील र शारीरिक रूपमा तन्दुरुस्त राख्ने उद्देश्यले भलिबल र नेटजाली हस्तान्तरण गरिएको युवा सङ्गठन नेपालले जनाएको छ ।

जिल्लाको हुप्सिकोट गाउँपालिकाका विपन्न वर्गका युवाहरूलाई समेटेर जिल्ला सेक्रेटरी शीतल, जनसरकार प्रमुख विशाल र युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाशको उपस्थितिमा उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।

सङ्गठनका अध्यक्ष अविनाशले युवाहरू खेलकुदमा लाग्दा मानसिक एवम् शारीरिक तन्दुरुस्त हुने र आफ्नो सिर्जनशीलतालाई राष्ट्रियतामा बदलेर एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन आह्वान गरे । युवाहरूलाई राज्यले बेवास्ता गर्दै बिदेसिन बाध्य पारेको र कोरोना महामारीमा युवाहरू विदेशमा नारकीय जीवन जिउन सरकारले बाध्य पारेको उनले बताए ।

केही दिनअघि नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले पनि जिल्लाका केही विद्यालयमा खेलकुद सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :