नेपाल कम्युनिस्ट पार्टीका नेता ओमप्रकाश पुन गिरफ्तार

काठमाडौँ : प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनलाई गिरफ्तार गरेको छ । प्रहरीले उनलाई बुधबार बिहान करिब ७ बजेतिर कैलालीको धनगढी उप-महानगरपालिकाको बेलीबाट गिरफ्तार गरेको हो ।

नेता पुनसँगै उनकी पत्नी पूर्णिमा धामीलाई पनि प्रहरीले गिरफ्तार गरेको समाचारमा जनाइएको छ । पूर्णिमा अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी) की सेती–महाकाली ब्युरो इन्चार्ज हुन् । धनगढीमा एकजना बिरामी आफन्तलाई भेट्न गरेको अवस्थामा उनीहरूलाई प्रहरीले लखेटीलखेटी गिरफ्तार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कोरोना महामारीले देश सङ्कटपूर्ण अवस्थाबाट अघि बढिरहेको बेलामा पनि सामान्य मानवीय संवेदनालाई समेत ख्याल नगरी फरक राजनीतिक आस्थाकै आधारमा सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :