पार्टी नीतिविरुद्ध काम गर्ने कार्यकर्तामाथि नेकपाको कारबाही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले जिल्ला समिति सदस्य तथा फिक्कल गाउँपालिका सेक्रेटरी अर्जुन राई ‘सत्या’ लाई कारबाही गरिएको जनाएको छ ।

जिल्ला सेक्रेटरी प्रसिद्धले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सम्पर्कमा नरही विभिन्न खालका अराजक गतिविधिमा संंलग्न रहेको पाइएको, जनविरोधी र अराजक व्यक्तिहरूसँग मिलेर पाटीको विधि र पद्धतिविरुद्ध काम गरेका कारण सत्यालाई कारबाही गरिएको उल्लेख गरेका छन् ।

क्रान्तिको बाटोमा यस्ता प्रक्रियाहरू चलिरहने र एकाध पात्रका कारण सिङ्गो पार्टीमा कुनै समस्या अनाउने भन्दै गलत तत्वहरूको निष्कासनबाट बरु पार्टी बलियो भएर अघि बढ्ने प्रसिद्धले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :