फेरि ‘जनादेश’ निकाल्नुपर्छ

खाली नै छन् पत्रिकाका पानाहरू
मात्रै शब्दका बिस्कुनजस्ता
लाग्छन् ती अक्षरहरू
महसुस गरेर उसको माया
उसको समर्पण
आफ्नो पृयतमप्रतिको उसको प्रेम
कता हो कता
यो आकाश, यो पाताल, यो धरतीले पनि
उनलाई नै खोजिरहेको महसुस हुन्छ
अनि
अनि बहुलाउँछ यो मन मेरो
त्यसैले त सोचिरहेको छु म
इच्छुकलाई बोलाउनुपर्छ
र फेरि ‘जनादेश’ निकाल्नुपर्छ !!!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :