इटालियन सिरी ‘ए’ को उपाधि जितेका युभेन्ट्स काग्लिएरीसँग पराजित


घरेलु मैदानमा भएको इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्ट्स काग्लिएरीसँग २–० ले पराजित भएको छ ।

काग्लिएरीको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्ट्स २–० गोल अन्तरले पराजित भएको हो । काग्लिएरीको जितमा लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरेका थिए ।

खेलको ८ औँ मिनेटमा लुका गाग्लिएनोको गोलबाट अग्रता बनाएको काग्लिएरीका लागि दोस्रो हाफमा युभेन्ट्सले खेलमा फर्किनका लागि निकै प्रयास र दबाब दिएको थियो । तर उसले काग्लिनीको डिफेन्सको फाइदा उठाउन सकेन जसका कारण युभेन्ट्सले जारी सिजनमा छैटौँ हार बेहो¥यो ।

अब अन्तिम चरणका खेलहरू बाँकी रहेका छन् । युभेन्ट्स हारपछि पनि दोस्रो स्थानको इन्टर मिलानभन्दा चार अङ्कले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :