आमा

आमा

ममताकी खानी आमा आफूले आँसु पिउँदै मेरो ओठमा हाँसो दिने आमा तिमी मदर टेरेसा हौ । बनपाखाबाट भिज्दै आउँदा झिमझिम पानीमा घाँस ल्याउँदै गर्दा पल्ला घरबाट आगो ल्याएर मलाई न्यानो दिने आमा ! रोपाइँ गर्दा, पर्म तिर्दा होस् व गोडमेल…

Read More
आमाको सपना !

आमाको सपना !

तिमीले धर्तीमा टेकेको दिन हर्षका साथ तिम्री आमाले देखेकी थिइन् सुन्दर सपना लिएकी थिइन् मनमा अठोट प्राणतुल्य आफ्नो सन्तानलाई संसारकै असल मान्छे बनाउने । एउटै प्रण लिएर निरन्तर अनेकौँ कष्टहरू सहेर बर्सौं–वर्ष गुजारिन् तिम्रो लालनपालनमा तिम्रो शिक्षादीक्षामा । सहज बनाएर…

Read More
आमा

आमा

मध्यरातमा, अगुल्टाको उजेलोमा तीन कोस टाढा सार्कीपँधेरामा पानी खेप्दाखेप्दै तिनले दासविद्रोह सिकिन् र जन्माइन् स्पार्टाकस । दुई कोस टाढा चुकाहामा मेलो गर्दागर्दै लडिन् तिनले मजदुरयुद्ध र जन्माइन् पेरिस कम्युन । तिनले उछित्तो काढिन् धामीझाँक्रीको र धाइन् खाली पेट, नाङ्गै आङ…

Read More
आमाप्रति रातो सलाम छ

आमाप्रति रातो सलाम छ

इतिहास लेख्ने निर्माता म कसरी व्याख्या गरूँ आज म तिम्रा बारेमा ‘आमा’ भन्दामाथि ठूलो कुनै जाति देखिनँ मेरो दृष्टिकोणमा लेखिएको छैन त्यो शब्दकोशमा त्यसैले आमा तिमी जीवन र जगत्की सृष्टिकर्ता हौ । छाडिदिनुस् ती वीर पुरुषका कुरा इतिहास पल्टाउँदा तिम्रो…

Read More
मानवता हराएको देश

मानवता हराएको देश

बिचरा ! ऊ गरिब रैछ अक्सिजनको अभावले ऊ मसानघाट पुगेछ हुँदैन कोही मालिक बिरामी पर्दा पल्लाघरे साइलो तड्पिएर मर्दा । ए ! हजूर, कसले खोजी गर्ने कोही रोगसँग अस्पतालको ढोकामा लडिरहेका छन् कोही भोकसँग झुपडीमा म एक छिन जिल्ल परेँ…

Read More
ती महान् सहिदहरू

ती महान् सहिदहरू

नझुके ती, नहारे तिनले न जीवनको भिक मागे तिनले । उनीहरू जून–तारा भएछन् साँच्चै अमर–अमर भएछन् । ती महान् सहिदहरू ती हाम्रा मुक्तिदाताहरू । इतिहास भएर सधैँ हामीलाई लक्ष्यमा पुग्न प्रेरित गर्छन् हिमालझैँ उच्च, चट्टानझैँ कठोर भई वैरीसँग नझुक भन्छन्…

Read More
क्रान्तिको मोर्चाबाट आमालाई पत्र

क्रान्तिको मोर्चाबाट आमालाई पत्र

प्यारी आमा ! आमा, तिम्रो ममतामयी काख र तिम्रा आँखादेखि धेरै टाढा छु । तर तिमीले जुन उद्देश्यले जन्मायौ, त्यसबाट भने म कत्ति पनि टाढा गएको छैन । आमा, तिमीले आफू खाइनखाई दसधारा दूध चुसाएर हुर्कायौ । घाम, पानी, हुरी,…

Read More
मे दिवस जिन्दावाद

मे दिवस जिन्दावाद

मजदुरहरू ! महलमा मुछिएको पसिनाको मूल्य माग धरहराको उचाइजस्तै सुस्केराको मूल्य माग रगतले सिँगारेको गलैँचाको मूल्य माग उडिरहने वायुपङ्खी पखेटाको मूल्य माग श्रमिकहरू, मे दिवस जिन्दावाद मजदुर एकता अमर रहोस् कोइलाखानी विस्फोटमा पुरिएकाको मूल्य माग दलित भन्दै पर्खालबाहिर खेदिएकाको मूल्य…

Read More
म के हेरौँ धरहराबाट

म के हेरौँ धरहराबाट

ए शासक–प्रशासक हो म के हेरौँ धरहराबाट ? गरिबीको भोक ? अशिक्षाले घेरिएको अन्धकार समाज ? बेरोजगार युवाको पीडा ? अशक्त जनताको रोदन ? कर्णालीको भोकमरी ? कमाउन भनी बिदेसिँदा बाकसमा फर्किएको युवाको लास ? बलात्कारी, तस्कर, माफियाको अनुहार ?…

Read More
खै अधिकार कहाँ छ ?

खै अधिकार कहाँ छ ?

सडकको पेटीमा भीख माग्दै छाक टार्ने मानिस भन्छन्– खै अधिकार कहाँ छ ? घरबारबिहीन सुकुम्बासी जनताले भन्छन्– खै जमिन कहाँ छ ? नब्बे डिग्री घाममा पिल्सिएका विदेशको गल्ली–गल्लीमा रोजगार खोज्दै हिँड्दै भौतारिएका युवाले भन्छन्– खै रोजगार कहाँ छ ? विदेशका…

Read More