ती महान् सहिदहरू

गीत

ती महान् सहिदहरू

नझुके ती, नहारे तिनले
न जीवनको भिक मागे तिनले ।

उनीहरू जून–तारा भएछन्
साँच्चै अमर–अमर भएछन् ।
ती महान् सहिदहरू
ती हाम्रा मुक्तिदाताहरू ।

इतिहास भएर सधैँ हामीलाई लक्ष्यमा पुग्न प्रेरित गर्छन्
हिमालझैँ उच्च, चट्टानझैँ कठोर भई वैरीसँग नझुक भन्छन्
नझुक भन्छन्, नथाक भन्छन्
निडर–निडर भै जाइलाग भन्छन्
ती महान् सहिदहरू
ती हाम्रा मुक्तिदाताहरू ।

एक दिन हुन्छ जनताको जित, वैरीहरूको चिहान बन्छ
सत्यको यात्रा विजयी हुन्छ, साम्यवादको ढोका खुल्छ
अघि बढ, अघि बढ भन्छन्
फेरि लड, लड भन्छन्
ती महान् सहिदहरू
ती हाम्रा मुक्तिदाताहरू ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :