कोरोनाबाट एकै दिनमा ५८ जनाको मृत्यु, ८,६५९ जना सङ्क्रमित

कोरोनाबाट एकै दिनमा ५८ जनाको मृत्यु, ८,६५९ जना सङ्क्रमित

काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट एकै दिनमा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म नेपालमा ३,४७५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको, त्यसमध्ये ४,७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने १,९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :