लुम्बिनी ब्युरोमा मनाइयो माओ दिवस

लुम्बिनी ब्युरोमा मनाइयो माओ दिवस

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (मशाल) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा दाङमा १३० औँ माओ दिवस मनाएका छन । सोमबार दाङको सदरमुकाम घोराहीमा माओ दिवस मनाइएको हो ।

विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता कमरेड माओको जन्मदिनका अवसरमा घोराहीमा र्यालीसहित संयुक्त रूपमा भव्य कार्यक्रम गरेर माओ दिवस मनाइएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक पुन, नेपाल कम्युनिस्ट पार्टी (मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारी, नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समीर केसीलगायतले माओको बहुआयामिक व्यक्तित्वका बारेमा आआफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) दाङका सहइन्चार्ज रामजी थारूको रहेको थियो भने स्वागत मन्तव्य नेकपा (मशाल) दाङका प्रवक्ता रमेश बीसीले राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) दाङ जिल्ला जवस फ्याक्सन इन्चार्ज मनोजले गरेका थिए ।

यस्तै रुकुम पश्चिममा पनि माओ दिबस मनाइएको छ । सोमबार जिल्ला सदरमुकाम खलङ्गामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले कार्यक्रम गरी माओ दिवस मनाएको हो ।

कार्यक्रममा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज गति, महाधिवेशन आयोजक समिति सदस्य तथा रुकुम पूर्व इन्चार्ज हीरामणि रावल ‘मन्जित’, महाधिवेशन आयोजक समिति सदस्य तथा सल्यान जिल्ला इन्चार्ज मोतीराम खड्का ‘रिक्स’ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता जिल्ला पार्टी संयोजक प्रेमप्रशान्त बोहोराले र स्वागत मन्तव्य अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सोम्पाल कामीले गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य डिल्लीराज शर्माले गरेका थिए ।

त्यस्तै नवलपुरमा पनि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुरले १३० औँ माओ दिवस मनाएको छ । सोमबार नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा भव्य रूपमा माओ दिवस मनाइएको हो ।

लुम्बिनी ब्युरोअन्तर्गत नवलपुर जिल्ला पार्टीको आयोजनामा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता माओको जन्मदिनका अवसरमा १३० औँ माओ दिवस भव्य रूपमा मनाइएको छ । प्रमुख अतिथि नेकपा (बहुमत) का नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज बन्दना र पार्टी केन्द्रीय सल्लाहकार विश्वासको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता तथा सञ्चालन नवलपुर जिल्ला संयोजक विशालले गरेका थिए ।

त्यस्तै रूपन्देहीमा विभिन्न कार्यक्रम गरी १३० औँ माओ दिवस मनाइएको छ । सोमबार बुटवलमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (मशाल) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा माओ दिवस मनाएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य केपी गुरुङ र प्रेम सुवेदी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नवौँ महाधिवेशन आयोजक समिति सदस्य प्रवेश, नेपाल कम्युनिस्ट पार्टी (मशाल) का केन्द्रीय प्रतिनिधि विमल शर्मालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मीकान्त पौडेलले गरेका थिए भने स्वागत मन्तव्य नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सञ्जीव कुमारले राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (मशाल) का दीपक पौडेलले गरेका थिए ।

त्यस्तै अर्घाखाँचीमा पनि सोमबार १३० औँ माओ दिवस मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले संयुक्त रूपमा माओ दिवस मनाएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता कृष्ण केसी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला समिति सदस्य पदम नेपालीलगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी (मशाल) का नरेन्द्र थापाको रहेको थियो भने सञ्चालन नेकपा (बहुमत) का टुकमान रावतले गरेका थिए ।

त्यस्तै कपिलवस्तु जिल्लामा विभिन्न कार्यक्रम गरी १३० औं माओ दिवस मनाइएको छ । सोमबार बुटवलमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नेपाल कम्युनिस्ट पार्टी (मशाल) नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायत तीनवटा पार्टीले संयुक्त रूपमा माओ दिवस मनाएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज धमिल, रेडियो बुद्धि आवाज कपिलवस्तुका प्रतिनिधि कपिल पौडेल, नेपाल कम्युनिस्ट पार्टी (मशाल) का कपिलवस्तु जिल्ला इन्चार्ज हिमलाल वाग्ले, नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार पिताम्बर आचार्यलगायत बक्ताले मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव कमल उप्रेतीले गरेका थिए भने स्वागत मन्तब्य नेकपा (बहुमत) जिल्ला संयोजक सङ्घर्षले राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन नेकपा (मशाल) का जिल्ला प्रवक्ता माधव क्षेत्रीले गरेका थिए ।

त्यस्तै प्युठानमा पनि संयुक्त रूपमा माओ दिवस मनाइएको छ । सोमबार जिल्ला सदरमुकाममा कार्यक्रम गरी माओ दिवस मनाइएको हो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला इन्चार्ज टीकाराम, नेपाल कम्युनिस्ट पार्टी मशालका जिल्ला सचिव वीरबहादुर, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला संयोजक नारायणप्रसाद भण्डारी ‘नवीन’ लगायत वक्ताले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी (मशाल) का कृष्ण सुनारले गरेका थिए भने सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (मशाल) का जिता सुनारले गरेका थिए ।

त्यस्तै नवलपरासीमा पनि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा १३० औँ माओ दिवस मनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज शीतल, नेकपा (क्रान्तिकारी माओवादी) निकट पत्रकार सङ्गठनका केन्द्रीय महाचिव रवि पाण्डेलगायत वक्ताले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सदस्य अनिलले र सञ्चालन गणेश ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :