कास्कीमा मनाइयो १३० औँ माओ दिवस

कास्कीमा मनाइयो १३० औँ माओ दिवस

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) को संयुक्त आयोजनामा कास्कीको पोखरामा १३० औँ माओ दिवस मनाइएको छ ।
कार्यक्रममा नेकपा (बहुमत) का जिल्ला इन्चार्ज गोकुल पराजुली, नेकपा (क्रान्तिकारी माओवादी) का केशबहादुर परियार, नेकपा (मशाल) का सागर कुवँर, वामपन्थी विचारक पूर्ण ढुङ्गाना वक्ता रहेका थिए ।
कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का रामजी थापाले गरेका थिए भने सम्बोधन नेकपा (बहुमत) का कास्की संयोजक वद्रीले गरेका थिए । कार्यक्रममा स्वागत भाषण विक्रम थापाले र सञ्चालन जिल्ला सदस्य भक्त माझीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :