मकवानपुरमा मनाइयो १३० औँ माओ दिवस

मकवानपुरमा मनाइयो १३० औँ माओ दिवस

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) को संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा १३० औँ माओ दिवस मनाइएको छ ।
कार्यक्रममा नेकपा (बहुमत) का जिल्ला इन्चार्ज रविले माओका अमर योगदानहरूका बारेमा चर्चा गरेका थिए । माक्र्सवाद र लेनिनवादलाई व्यवहारमा प्रयोग गर्दै चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने माओ एक महान् व्यक्ति भएको उनले बताए ।
कार्यक्रमका विशेष अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव दिनेश बर्तौला, नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार समिति सदस्य माधवलाल श्रेष्ठ, पेन्सनलगायत सहभागी थिए ।
कार्यक्रमको अध्यक्षता नेकपा (बहुमत) का जिल्ला सयोजक शक्तिले र सञ्चालन जिल्ला सदस्य भक्त माझीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :