नेकपा (बहुमत) नवलपुरद्वारा कावासोतीमा १३० औँ माओ दिवस मनाइयो

नेकपा (बहुमत) नवलपुरद्वारा कावासोतीमा १३० औँ माओ दिवस मनाइयो

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुरले १३० औँ माओ दिवस मनाएको छ । सोमबार नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा भव्य रूपमा माओ दिवस मनाइएको हो ।

लुम्बिनी ब्युरोअन्तर्गत नवलपुर जिल्ला पार्टीको आयोजनामा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता कमरेड माओको जन्मदिनका अवसरमा १३० औँ माओ दिवस भव्य रूपमा मनाइएको छ । प्रमुख अतिथि नेकपा (बहमत) का केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज बन्दना र पार्टी केन्द्रीय सल्लाहकार विश्वासको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता तथा सञ्चालन नवलपुर जिल्ला संयोजक विशालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :