नेकपा (बहुमत) रुकुम पश्चिमद्वारा चुनाव अवज्ञा कार्यक्रम जारी, भोट नहान्न अनुरोध

नेकपा (बहुमत) रुकुम पश्चिमद्वारा चुनाव अवज्ञा कार्यक्रम जारी, भोट नहान्न अनुरोध

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रुकुम पश्चिमले चुनाव अवज्ञा कार्यक्रम प्रचारप्रसार तिव्र पारेको छ । मङ्गलबार युवा जनस्वयमसेवक नेपालका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज शिव रशाइली अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज सोम्पाल कामी नेतृत्वको टोलीले चौवरजाहारी नगरपालिकाको विभिन्न स्थानहरुमा कोणसभा र चुनाव अवज्ञाका पोष्टहरु टाँसेर प्रचारप्रसार गरेको छ ।

उक्त कार्यक्रम नेकपा (बहुमत) रुकुम पश्चिमले जिल्ला भरि नै गर्ने छ । देशभर चुनाव अवज्ञा गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जनताहरुलाई कोणसभा, र्याली, आमसभा, अन्तरक्रिया जस्ता कार्यक्रमहरु गरेर भोट नहान्न आह्वान् गरिरहेको छ ।

संसदीय ब्यबस्थामा जति पटक चुनाब गराए पनि श्रमिक जनताहरु मुक्ति पाउँनै नसक्ने बताएको नेकपा (बहुमत) ले बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :