शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जीर्ण भएको एक घर पुनर्निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्कका शेरबहादुर परियारको घर पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो ।

घर जीर्ण अवस्थामा पुगे पनि पुनर्निर्माण गर्न नसक्दा शेरबहादुरको परिवार विगत एक वर्षदेखि आफन्तको घरमा सहारा लिँदै आएको थियो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पहलमा जिल्लाका नेता–कायकर्ताले श्रमदान गरेर उक्त घर निर्माण गरिदिएका हुन् ।

घर मर्मत गर्न आवश्यक निर्माण सामग्री राप्ती ड्रिङ्किङ वाटर उद्योगले सहयोग गरेको थियो । घर हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता खेमराजले मन्तव्य राखेका थिए भने दाङ जिल्ला पार्टी संयोजक वीरेन्द्रलगायत जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर इन्चार्ज सजकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :