अवज्ञाका क्रममा गिरफ्तार विद्यार्थी नेता–कार्यकर्तालाई बिनासर्त, अविलम्ब रिहा नगरिए इँटको जबाफ पत्थरले दिन्छौँ : मिलन राई

अवज्ञाका क्रममा गिरफ्तार विद्यार्थी नेता–कार्यकर्तालाई बिनासर्त, अविलम्ब रिहा नगरिए इँटको जबाफ पत्थरले दिन्छौँ : मिलन राई

काठमाडौँ : अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा आन्दोलनका क्रममा गिरफ्तार गरिएका सङ्गठनका उपाध्यक्ष वीरेन्द्र शाहसहित सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा नगरिए इँटको जबाफ पत्थरले दिने चेतावनी दिएका छन् ।

सङ्गठनका अध्यक्ष राईले विज्ञप्ति जारी गरी चुनाव अज्ञाका क्रममा देशभरबाट सङ्गठनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाह, केन्द्रीय सचिव नवराज भट्ट, केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुक, के.स.स तथा गण्डकी प्रदेश इन्चार्ज हरि बिष्ट, केन्द्रीय सचिवालय सदस्य रमेश सुनार, के.स. तथा पोखरा विश्वविद्यालय इन्चार्ज प्रवेश रुम्बा, के.स. तथा पूर्वाञ्चल विश्वविद्यालय इन्चार्ज दिनेश जोशी, के.स. तथा काठमाडौँ जिल्ला संयोजक मिम ऐडी, के.स. तथा सीटीईभीटी जिल्ला संयोजक भूपाल विक, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज पदम नेपाली, केन्द्रीय सदस्यहरू आईषा भुजेल, स्मृति कार्की, सपना मगर, कृष्ण खड्का, गणेश थापा, वीरेन्द्र नेपाली, कपिलवस्तु जिल्ला संयोजक लक्ष्मी खनाल, अर्घाखाँची जिल्ला उपाध्यक्ष राजेश, सहसचिव कुमार, जिल्ला सदस्यहरू दिनेश नेपाली, सम्झना गिरी, वीरेन्द्र नाथ र वचन गिरफ्तार भएको जानकारी पनि दिएका छन् ।

अध्यक्ष राईले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

हाम्रो महान् तथा गौरवशाली सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखि नै राजनीतिक अधिकार प्राप्तिसँगै शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि निरन्तर सङ्घर्षरत रहेको कुरा अवगत नै छ । सत्ता परिवर्तन गर्ने सङ्घर्षको दौरानमा आफूलाई अग्रमोर्चामा राख्दै त्याग, बलिदान र समर्पणको ओजपूर्ण चरण पार गरी यो संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था र शिक्षा स्थापना गर्नका लागि निरन्तर सङ्घर्ष गरिरहेको छ ।

वर्तमान दलाल संसदीय व्यवस्था नै असफल भएको बेला व्यक्तिको विकल्प खोज्नु आमजनताका लागि सबैभन्दा ठूलो धोका हो । संसदीय निर्वाचन (प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचन) गरी वैधानिक रूपमा भ्रष्टाचार र राष्ट्रघाती सम्झौताको लाइसेन्स प्राप्त गर्नका लागि आज निर्वाचन गरेको छ । जनताको व्यवस्था ल्याउन र शिक्षा सबैको पहुँचमा पुर्याउनका लागि no vote again को नारासहित निर्वाचन अवज्ञा गर्ने क्रममा कथित लोकतन्त्रको धज्जी उडाउँदै सत्ता र शक्तिको आडमा धरपकड गरी आज विभिन्न जिल्लाबाट हाम्रो सङ्गठनका जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरेको कार्यप्रति सङ्गठन घोर निन्दा एवम् भत्र्सना गर्दछ । गिरफ्तार सङ्गठनका केन्द्रीय उपाध्यक्ष क. वीरेन्द्र शाह, केन्द्रीय सचिव क. नवराज भट्ट, केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज क. सुरेन्द्र धानुक, के.स.स तथा गण्डकी प्रदेश इन्चार्ज क. हरि बिष्ट, केन्द्रीय सचिवालय सदस्य क.रमेश सुनार, के.स. तथा पोखरा विश्वविद्यालय इन्चार्ज क. प्रवेश रुम्बा, के.स. तथा पूर्वाञ्चल विश्वविद्यालय इन्चार्ज क. दिनेश जोशी, के.स. तथा काठमाडौँ जिल्ला संयोजक क. मिम ऐडी, के.स. तथा CTEVT जिल्ला संयोजक क. भूपाल विक, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज क.पदम नेपाली, केन्द्रीय सदस्य कमरेडहरू आईषा भुजेल, स्मृति कार्की, सपना मगर, कृष्ण खड्का, गणेश थापा, वीरेन्द्र नेपाली, कपिलवस्तु जिल्ला संयोजक लक्ष्मी खनाल, अर्घाखाँची जिल्ला उपाध्यक्ष क. राजेश, सहसचिव क. कुमार, जिल्ला सदस्य कमरेडहरू दिनेश नेपाली, सम्झना गिरी, वीरेन्द्र नाथ र वचनलाई अविलम्ब बिनासर्त रिहा गर्न जोडदार माग गर्दछौँ । अन्यथा इँटको जबाफ पत्थरले दिनेसमेत देउवा नेतृत्वको गठबन्धन सरकारलाई जानकारी गराउन चाहन्छौँ ।

अन्त्यमा विभिन्न रूपबाट कथित संसदीय व्यवस्थाको निर्वाचन सक्रिय रूपमा अवज्ञा गर्ने सङ्गठनका नेता–कार्यकर्तालगायत आमयुवा, विद्यार्थी, जनसमुदायमा सङ्गठनका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :