जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

जाजरकोटमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का दुई नेता गिरफ्तार

जाजरकोट : जाजरकोटमा संसदीय निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले नेकपा (बहुमत) जाजरकोट जिल्लाका दुई नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

जाजरकोटको नलगाड नगरपालिका ८ को जिपुवा मतदान केन्द्रमा नेकपा (बहुमत) जाजरकोटका पचासौँ कार्यकर्ता संसदीय व्यवस्थाविरुद्ध नारा लगाउँदै मतदान केन्द्र स्थलतर्फ अगाडि बढेपछि केही समय मतदान नै स्थगित भएको थियो ।

प्रदर्शनका क्रममा नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालका जिल्ला अध्यक्ष पदम र नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति सदस्य आक्रोशलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :