दाङमा नेकपा (बहुमत) द्वारा चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र

दाङमा नेकपा (बहुमत) द्वारा चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जिल्लाको विभिन्न ठाउँहरुमा संसदीय चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र पारेको छ । जस अन्तरगत घोराही उप–महानगरपालिकाको घोराही बजार, तुलसीपुर उप–महानगरपालिकाको बिरेन्द्र चोक, बिपी चोक र राप्ती बवई क्याम्पस लगायत शान्ति नगर गाउँपालिकाको विभिन्न ठाउँहरुमा संसदीय चुनाब अवज्ञा कार्यक्रमको पोस्टर टाँस्ने, पर्चा बितरण गर्दै जनताहरुलाई भोट नहाल्न आह्वान् गरेको छ ।

“मंसिर ४ को चुनावले चोर, फटाहा, दलाल, डाँकाहरु मात्र फेरिरहन्छन् सत्ता फेरिँदैन त्यसैले मंसिर ४ मा हुने संघ र प्रदेशको संसदीय चुनाव सम्पूर्ण आम जनता समुदायले अवज्ञा गरौँ ! भोट नहालौँ । वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !! स्वाधीन संयुक्त सरकारका लागि संघर्ष गरौँ !! जस्ता बिषय लिएर नेकपा (बहुमत) दाङले जनताहरुलाई भोट नहाल्न आह्वान् गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :