नेकपा (बहुमत) रुकुमको जिल्ला प्रशिक्षण सम्पन्न

नेकपा (बहुमत) रुकुमको जिल्ला प्रशिक्षण सम्पन्न

रुकुम : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न गरेको छ । रुकुममा भएको उक्त राजनीतिक तथा वैचारिक प्रशिक्षणमा पुर्व रुकुम, सल्यान र पश्चिम रुकुम गरेर तीन जिल्लाका जिल्ला स्तरीय नेताहरूलाई संयुक्त रुपमा प्रशिक्षण सम्पन्न गरिएको पश्चिम रुकुम जिल्ला इन्चार्ज तथा नवौं महाधिवेशन आयोजक समिति सदस्य गतिले बताए । उनले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लिएको राजनीतिक कार्यक्रम र आसन्न निर्वाचनको अवज्ञा बारेमा प्रशिक्षण चलाइएको बताए ।

उक्त प्रशिक्षणका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज सार्दुलले वर्तमान पुँजीवादी संसदीय सत्ता निर्वाचन सम्पन्न गरेता पनि उक्त निर्वाचन पछि पनि बन्ने सरकार वा सुदृढ व्यवस्थाले भ्रष्टाचार, अनियमितता, राष्ट्रघात, जनघात, अस्थिरता अराजकता नै निम्त्याउने भएको हुँदा उक्त निर्वाचन अवज्ञा गर्न आह्वान् गरे । उनले यस अवज्ञा कार्यलाई अगाडि बढाउन पार्टीका हाम्रा नेता कार्यकर्ता गाउँगाउँ शहरशहरमा जनताहरुको बीचमा पुगिरहेको समेत जिकिर गरे ।

कार्यक्रमको सभाअध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गति, स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा रुकुम पुर्व इन्चार्ज हिरामणि र सञ्चालन केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज मोतिरामले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :