अखिल क्रान्तिकारी कास्कीको अध्यक्षमा कमला निर्वाचित

अखिल क्रान्तिकारी कास्कीको अध्यक्षमा कमला निर्वाचित

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको २४ औँ जिल्ला सम्मेलनले कमला परियार अध्यक्ष र सिसम परियार उपाध्यक्ष रहेको ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । पोखरामा शुक्रबार बृहत् र्यालीसहित सुरु भएको सम्मेलनको बन्दसत्र शनिबार भएको थियो । सम्मेलन दुई दिनसम्म चलेको थियो ।

सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाह प्रमुख अतितिका रूपमा सहभागी थिए । कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा कास्की जिल्ला इन्चार्ज गोकुल पराजुली, अनेरास्ववियु (क्रान्तिकारी) का गण्डक ब्युरो इन्चार्ज हरि बिष्ट, पार्टीका तनहुँ÷लमजुङ जिल्ला इन्चार्ज सुजन, कास्की जिल्ला संयोजक बद्री अधिकारीलगायतको उपस्थिति थियो ।

अनेरास्ववियु (क्रान्तिकारी) पोखरा महानगरपालिका अध्यक्ष केश घलेले सञ्चालन गरेको सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष वीरेन्द्र शाहले गलतका विरुद्ध बोल्नु र सङ्घर्ष गर्नु क्रान्तिकारीहरूको कर्म भएका कारण कास्कीमा रहेका प्रत्येक विद्यालयको समस्या र विद्यार्थीहरूको हकहितका लागि निरन्तर सङ्घर्ष गर्ने समितिको चयन होस् भनी शुभकामना दिए ।

पार्टीका कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले अनेरास्ववियु (क्रान्तिकारी) हुनु भनेको देश परिवर्तन गर्ने अभियानमा संलग्न हुनुका साथै देश र जनताको उत्पीडनका विरुद्ध बोल्नु र सङ्घर्ष गर्नु पनि रहेको बताए । उनले अनेरास्ववियु (क्रान्तिकारी) लाई सडकबाघको सङ्ज्ञा दिँदै कास्की जिल्लाका शैक्षिक माफियाका विरुद्ध कडा सङ्घर्ष गर्नुपर्ने जिम्मेवारी नयाँ बन्ने कार्यसमितिले लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :