अछाममा पहिरोबाट ज्यान गुमाउनेहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली, उद्धारमा जुट्न पार्टीपङ्क्ति र सरकारलाई आह्वान

अछाममा पहिरोबाट ज्यान गुमाउनेहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली, उद्धारमा जुट्न पार्टीपङ्क्ति र सरकारलाई आह्वान

काठमाडौँ : नेकपा (बहुमत) ले शुक्रबार रातीदेखि भएको अविरल वर्षाका कारण अछाम जिल्लाका तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकामा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै तत्काल पहिरोपीडितको उद्धारमा जुट्न पार्टीपङ्क्ति र सरकारलाई आह्वान गरेको छ ।

पार्टी प्रवक्ता सुदर्शनले आइतबार वक्तव्य जारी गर्दै पहिरोबाट भएको ठूलो धनजनको क्षतिले पार्टीलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । पहिरोमा पुरिएर आइतबार बिहानसम्म तुर्माखाँद गाउँपालिका ५ मा ८ जनाको मृत्यु र एकजना बेपत्ता, कमलबजार नगरपालिका ६ मा ७ जनाको मृत्यु, वडा नं ८ मा ५ जनाको मृत्यु, ढकारी गाउँपालिका ६ मा एकजनाको मृत्यु र ढकारीको वडा नं १ मा एकजना बेपत्ता भएको सूचना प्राप्त भएको र यसले पार्टीलाई गम्भीर बनाएको वक्तव्यमा उल्लेख छ ।

प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘शुक्रबार रातीदेखि भएको अविरल वर्षाका कारण अछाम जिल्लाका तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकामा पहिरो गएर भएको ठूलो धनजनको क्षतिले नेकपा (बहुमत) लाई अत्यन्त मर्माहत बनाएको छ । पहिरोमा पुरिएर आइतबार बिहानसम्म तुर्माखाँद गाउँपालिका ५ मा ८ जनाको मृत्यु र एकजना बेपत्ता, कमलबजार नगरपालिका ६ मा ७ जनाको मृत्यु, वडा नं ८ मा ५ जनाको मृत्यु, ढकारी गाउँपालिका ६ मा एकजनाको मृत्यु र ढकारीको वडा नं १ मा एकजना बेपत्ता भएको सूचनाले पार्टी गम्भीर बनेको छ । पहिरोमा परी मृत्यु भएकाहरूप्रति पार्टी हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘तत्काल पहिरोपीडित बासिन्दाको उद्धार, राहत र सहायतामा जुट्न पार्टीपङ्क्तिलाई आह्वान गरिन्छ । पहिरोपीडित जनताको उचित र स्थायी बसोबासका साथै ज्यान गुमाएकाहरूका परिवारलाई उचित राहत, बेपत्ता भएकाहरूको तदारुकताका साथ खोजी र घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई विशेष आह्वान गर्दछौँ । सरकारको लापरबाहीका कारण हरेक वर्ष प्राकृतिक प्रकोपमा परी कयौँ सर्वसाधारणको मृत्यु हुने गरेको छ तर सरकारले जोखिममा रहेका नागरिकको जीवनको सुरक्षाका लागि समयमै ध्यान नदिँदा निरन्तर यस्ता दुःखद् घटना दोहोरिने गरेका छन् । जोखिममा रहेका बस्तीहरूको वैकल्पिक व्यवस्था गर्न पनि पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :